दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख ठग्ने श्रेष्ठ पक्राउ

काठमाडौँ । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमि नगरपालिका-४ घर भई काठमाडौं सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाई होटलमा मासिक ३ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ९ लाख रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगारविभागबाट पत्राचार भएपछि काठमाडौम उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : ०९ बजे