सुनको मूल्यमा नयाँ कीर्तिमान

एप्पलले २ दिनमै गुमायो २ खर्ब डलर

चीनमा सरकारी कर्मचारीहरुलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाइएको समाचार सार्वजनिक भएसँगै एप्पलको शेयरमा भारी गिरावट आएको छ ।

पछिल्ला दुई दिनमा एप्पलको शेयर बजार मूल्यमा ६ प्रतिशतले गिरावट आएको छ । यो सँगै एप्पलले दुई दिनमै २ खर्ब डलर गुमाउन पुगेको छ ।

एप्पलका लागि चीन तेस्रो ठूलो बजार हो र गतवर्ष एप्पलले कूल आम्दानीको १८ प्रतिशत चीनबाटै गरेको थियो ।

साथै एप्पलको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेको फक्सकन कम्पनीले सबैभन्दा धेरै उत्पादन चीनमै गर्ने गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ५ : ०० बजे