दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

धरानका मेयरलाई प्रश्न सोध्ने अशोक लिम्बु पक्राउ

धरान । धरानका मेयर हर्क साम्पाङ्ले एक जना सेवाग्राहीलाई थुनाएका छन् ।

शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईँ बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि अशोक लिम्बु पक्राउ परेका हुन्।

त्यति भनेपछि साम्पाङले नगर प्रहरी लगाएर पक्राउ गरिएकाे हाे। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ। 

थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको लेखेका छन् । 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १ : ३९ बजे