सुनको मूल्यमा नयाँ कीर्तिमान

मोरक्कोमा भूकम्प: ३०० बढीको मृत्यु

काठमाडौँ – मोरक्कोमा शुक्रबार रातिको भूकम्पमा परेर ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ । प्रारम्भिक विवरण अनुसार अझै बढी मानिस घरहरूमा पुरिएको आशङ्का गरिएको अन्तरराष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार राति ११ बजे मोरक्कोको मध्यभागलाई केन्द्रबिन्दु बनाएर ६.८ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ७० किमि गहिराइ थियो ।

भूकम्पबाट मोरक्कोका दुर्गम इलाकाहरू बढी प्रभावित भएका छन् । स्थानीय मानिस, प्रहरी, सेना र अन्य उद्धार निकायहरू प्रभावित  मानिसहरूको खोजी तथा उद्धारमा जुटेका छन् । एजेन्सी

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ११ : ५२ बजे