दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

सिन्धुपाल्चोकमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

सिन्धुपाल्चोक ।  टिपरको ठक्करबाट सिन्धुपाल्चोकमा एक बालिकाको मृत्यु भएको छ।

शुक्रबार बिहान सवा ९ बजे चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकस्थित चौतारा–बन्देउ सडकखण्डमा बा ५ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा बाह्रबिसे नगरपालिका–३ की १२ वर्षीया बेली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

जिप्रका सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक संजिवकुमार यादवका अनुसार चौताराबाट बन्देउतर्फ जाँदै गरेको उक्त टिपरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको थियो।

टिपर चालक चौतारा साँगाचोकगढी–१२ का २८ वर्षीय सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ४ : ३२ बजे