दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

माइतीबाट कुखुरा लिएर आउँछु भनेर निस्किएकी प्रिती सम्पर्कविहीन

मकवानपुर। माइती घरबाट कुखुरा लिएर आउँछु भन्दै हिँडेकी एक महिला विगत १२ दिनदेखि सम्पर्क विहीन भएकी छिन् ।

मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारका कमान सिं स्याङ्बोकी पत्नी ३३ वर्षीया शान्ति भनेर चिनिने प्रिती माया स्याङ्तान सम्पर्कविहीन भएकी हुन् ।

गत भदौ १० गते पति काममा गएका बेला प्रिती आफ्नी दुई छोरीहरुलाई राक्सिराङ-२ भड्डी स्थित माइती घरबाट कुखुरा ल्याउँछु भन्दै निस्किएकी थिइन् ।

तर उनी माइती नपुगेको उनकी पति कमानले जानकारी दिए । कमानले बिहीबार पत्नीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय मनहरीमा पत्नीको हुलियासहितको निवेदन दिएका छन् ।

उनले प्रितीले गत भदौ १२ गते ससुरा बुबालाई फोन सम्पर्क गरी २/३ दिनमा घर आउँछु भनेको तर अहिले प्रितीको फोन सम्पर्क नम्बर बन्द रहेको बताए ।

ज्याला, मजदुरी गरेर जीवीकोपार्जन गर्दै आएका कमान धेरैदिन बितिसक्दा पनि हराएकी पत्नी सम्पर्कमा नआएपछि खोजी गरिदिन भन्दै प्रहरीकोमा पुगेका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ४ : १६ बजे