दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

आरती साहलाई न्याय माग्दै माइतीघर मण्डलामा कपाल मुण्डन

काठमाडौं। जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहको न्यायका लागि आन्दोलनरत उनका आफन्तले काठमाडौंको माइतीघर मण्डलामा कपाल मुण्डन गराएका छन् ।

माइतीघरमा धर्नामा बसेका उनका परिवारका सदस्यले साहलाई न्यायको माग गर्दै कपाल मुण्डन गरेका हुन् ।

साहको न्यायका लागि उनका परिवार लगायत अधिकारकर्मीहरू ८५ दिनदेखि काठमाडौंमा आन्दोलनरत रहेका छन् । सरकारले आफूहरूको आन्दोलनलाई बेवास्ता गरेको उनीहरू गुनासो छ ।

आरती गत जेठ ८ गते घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ।

आरतीका श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणु मिलेर उनको हत्या गरेको पीडितको भनाइ छ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ४ : १४ बजे