‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

असल अभिभावकत्वको लागि एभरेष्टका शिक्षकलाई दुई दिने कार्यशाला

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले प्ले ग्रुपदेखि कक्षा ७ सम्मका शिक्षक शिक्षिकालाई बालबालिकाको असल अभिभावकत्व कसरी ग्रहण गर्ने भन्ने विषयमा दुई दिने कार्यशाला सञ्चालन गरेको छ ।

रातो बंगला फाउण्डेसनसँग सहकार्य गरेर बाल मनोविज्ञान अनुसारकै सिकाई पद्दत्ति अवलम्वन गर्न कार्यशाला सञ्चालन गरेको हो । रातो बंगला फाउण्डेसनका ‘लीड टिचर’ मिदेश महर्जन र सदिक्षा बज्रचार्यले शिक्षक शिक्षिकालाई सहजिकरण गर्नुभएको छ ।

बालबालिकालाई कसरी बुझ्ने ?, उनीहरुका कृयाकलापलाई कसरी सकारात्मक पथमा अघि बढाउने ?, तथा बालबालिका अभिभावक र शिक्षक बिचको व्यवहारमा कसरी तारतम्य मिलाउने जस्ता विषयमा कार्यशालामा छलफल भएको छ ।

मन्टेश्वरी तह देखि कक्षा ७ सम्मका ७० जना शिक्षक शिक्षिका कार्यशालामा सहभागि रहेको विद्यालयका सह प्राचार्य टीएन भण्डारीले बताउनुभयो ।

हिजो र आज दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा शिक्षक शिक्षिकालाई विभिन्न कृयाकलापमा सहभागि गराई बाल मनोविज्ञान बुझ्न र व्यवहार गर्न सिकाइएको एभरेष्ट मन्टेश्वरीकी इन्चार्ज रेश्मी क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कार्यशाला निकै फलदायी भएको छ, हामीलाई बालबालिकालाई बुझ्न सहज मात्रै भएको छैन, चकचके बालबालिका भएपनि उनिहरुलाई समेत सकारात्मक तरिकाबाटै सुधार्न सकिने रहेछ ।’

शिक्षक शिक्षिकाले बालबालिकाको अभिभावकत्व कसरी ग्रहण गर्ने र अभिभावकलाई पनि बालबालिकालाई बुझ्न सहयोग गर्न यस कार्यशालाले सघाउ पु¥याएको सहभागिहरुको भनाई छ ।

रातो बंगला फाउण्डेसन सँग सहकार्य गरेसँगै एभरेष्ट स्कुलले अभिभावक, शिक्षक शिक्षिका तथा विद्यार्थीलाई नियमित रुपमा यस्ता उत्प्रेरक तालिम, कार्यशाला तथा कार्यक्रमहरु गर्दै आएको छ ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरिले विद्यार्थीको सर्वाङ्गिण विकास कसरी गर्न सकिन्छ भनेर एभरेष्टले नयाँ नयाँ खोज र अन्वेशषण गर्दै उपयुक्त शिक्षण पद्धत्ति अपनाएर अघि बढ्ने बताउनुभयो ।

उहाँले रातो बंगला फाउडेसनसँग दुई वर्षदेखि सहकार्य गर्दै आएको र कारखानासँग पनि स्टिम एजुकेशनका लागि सहकार्य गरेको जानकारी दिँदै भन्नुभयो,‘हामी चाहन्छौं हाम्रा विद्यार्थीको सर्वाङ्गिण विकास होस, त्यसैले हामीले करिकुलमको शिक्षा र अतिरिक्त कृयाकलापलाई एक साथ अघि बढाउँदै औपचारिक शिक्षालाई व्यवहारमा पनि उतार्ने काम गर्दै आएका छौं । यो निरन्तर चलिरहन्छ ।'

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ३ : ४२ बजे