साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

सहमहामन्त्री यादवमाथि आक्रमणको विरोधमा तरुण दलद्वारा चक्काजाम

नवलपरासी । नेपाल तरुण दल पश्चिम् नवलपरासीले गृहमन्त्री नारायणी श्रेष्ठको राजीनामा माग गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा साङ्घातिक आक्रमण भएको विरोधमा तरुण दलले बिरोध कार्यक्रम गरेको हो ।

तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै पूर्वपश्चिम राजमार्गको भुमहिमा एक घण्टा राजमार्ग अवरुद्ध गरेको थियो । करिब एक घण्टाको चक्काजामले  पूर्वपश्चिम राजमार्ग भएर हिँड्ने यातायातका साधनहरू रोकिएका थिए।कोण सभामा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्र राज कँडेल र लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खना द्वयले खुलेयाम खुकुरी प्रहार हुनुले सिङ्गो सुरक्षा प्रणाली माथि नै गम्भीर प्रश्न उठेको बताउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन् । हरेक नागरिकको सुरक्षा राज्यको दायित्व सरकारको भएकाले यस्ता क्रियाकलाप निन्दनीय रहेको तरुण दल सभापति सुक बहादुर गुरुङले बताउनु भयो ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ३ : ४० बजे