‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सिटीइभिटी र चिकित्सा शिक्षा आयोगबीचको विवाद समाधान  हुन्छ : शिक्षामन्त्री राई 

​​​​​​​काठमाडौं ।  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीबीच देखिएको कार्यक्षेत्रबारेको विवाद ऐन संशोधन गरेर समाधान गरिने बताउनुभएको छ ।  

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री राईले राज्यका दुई फरक निकायबीच कार्यक्षेत्रको विषयलाई लिएर विवाद हुनुले नकारात्मक सन्देश गएको भन्दै सरकारले तत्काल नीतिगत रुपमै   समस्याको स्थायी  समाधान  गर्न प्रतिवद्धत रहेको विचार  व्यक्त गर्नुभयो ।  

बैठकमा  राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा ऐन जारी भएपछि स्वास्थ्य  चिकित्सकहरु क्षमतावान उत्पादन भएको बताउनुभयो । 
उपाध्यक्ष गिरीले निश्चित अवधिको तालिम लिएका भरमा विरामी उपचारका लागि सम्पूर्ण रुपमा योग्य भयो भनेर प्रमाणित गरिदिँदा उपचारकाक्रममा विरामीको स्वाथ्यमाथि खतरा आउन सक्ने बताउनुभयो ।  

बैठकमा सिटीइभिटिइका उपाध्यक्ष खगेन्द्र अधिकारीले चिकित्सा शिक्षा आयोग र सिटीभिइटीबीचको विवाद सुल्झाइदिन सरकारसँग आग्रह गर्नुभयो । 
बैडकमा सांसदहरुले  विवाद समाधान गर्न कानूनमै दुई संस्थाको कार्य क्षेत्र स्पष्ट नतोकिने हो भने विवाद बल्झिरहने  बताउनुभयो ।  

समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा आयोग र सिटीभिइटीबीच चुलिएको विवादको समाधान खोज्न भदौ २५ गते बस्ने बैठकले एक कार्यदल गठन गरिने जानकारी दिनुभयो ।
राष्ट्रिय चिकित्सा ऐन लागु भएपछि कार्य क्षेत्रका सम्बन्धमा सिटीभिइटी र चिकित्सा शिक्षा आयोग बीच विवाद हुँदै आएको थियो । 
 
 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  २ : ४९ बजे