दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

बाँकी जीवन सत्कर्ममा लगाउछु : ल्हारक्याल लामा

काठमाडाैँ । लुम्बिनी बिकास काेषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बाँकी जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन लुम्बिनीकाे विशेष जिम्मेवारी लिएर आएकाे बताउनुभएकाे छ ।

विश्ववका धेरै मुलुकबाट लुम्बिनी आउन चाहनेलाई यहाँको बसाई लम्बिने गरी याेजना बनाउने र लुम्बिनीमा केही राम्रो काम गरेर छाड्ने उहाँले बताउनुभयाे ।

उपाध्यक्ष लामाल े आफ्नाे कार्यकालमा गुरूयाेजनाकाे बाँकी काम सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्धेश्य राखेकाे  बताउनुभयाे । मायादेवी नयाँ डिजाइन र आकर्षक बनाउनुपर्ने उहाँको भनाइ छ ।

बिहीबार लुम्बिनीमा रूपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरूसंगकाे भेटघाट कार्यक्रम गर्दै उहाँले पर्यटककाे बसाई लम्बाउने याेजना बनाएकाे उल्लेख गर्नुभयाे ।उहाँले भन्नुभया – `अब लुम्बिनीमा पूजा कार्यक्रम बढ्नेछन् ,नयाँ तीनवटा पुजा थपिएको छ,यस कारणले थुप्रै पर्यटक आउनेछन् ।´ लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बाैद्व क्षेत्रकाे विकासका लागि दीर्घकालीन याेजना बनाएकाे बताउँदै यसमा आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्ने बताउनुभयाे । अब ६/७ अर्बको रकम जुटाएर गुरूयाेजना सकाउनु छ, अहिले देशकाे बजेटमा नि समस्या छ, म बुद्व धर्मको विश्व समुदायसँगै जाेडिएकाे छु केही समयमा त्याे फाेरममा म जानेछु र स्राेत जुटाउने छु, उहाँले भन्नुभयाे।

उपाध्यक्ष लामाले काेषलाई सबै पक्षमा पारदर्शिता बनाउने प्रमुख उद्देश्य रहेकाे बताउँदै त्यसमा साथ दिन पत्रकारलाई अनुराेध गर्नुभयाे । पारदर्शिता  आर्थिककाे मात्र हाेइन, हरेक काम र जिम्मेवारीकाे पारदर्शिता गराउने छु, यहाँको जमिन,स्राेत, कर्मचारीकाे अवस्था, स्थानीयकाे सहयाेग सबैलाई पारदर्शी बनाउने छु, म कमाउन आएकाे हाेइन जतिसक्दो यसलाई बनाउन आएकाे हुँ, मलाई  सहयाेग र साथ चाहियाे, उहाँको भनाइ थियाे ।

उपाध्यक्ष लामाले गुरूयाेजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएकाे विषयमा सबैलाई महशुस भएकाे बताउँदै त्यसकाे लागि युनेस्को, विभागीय मन्त्रालय र सराेकारवाला निकायसँगकाे परामर्शमा गरिने स्पष्ट पार्नुभयाे । ४५ वर्षअघि केन्जाे टाँगेले बनाएकाे याेजना हाे, अहिले धेरै अवस्था फेरिएको छ, त्यसका कारण पनि परिमार्जन जरुरी छ, उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ३ : ४० बजे