दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

सन्दीपको मुद्धा शकुन्तला कार्कीको इजलासमा

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार सम्बन्धी मुद्धाको अन्तिम सुनावाइका लािग बिहीवार आज न्यायाधीश शकुन्तला कार्कीको इजलासमा पेशी तोकिएको छ।

काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको बलात्कार सम्बन्धी मुद्दा विभिन्न बहानामा सर्दै आएको थियो । 

जिल्ला अदालतको थुनछेक आदेशबाट थुनामा गएका सन्दीपलाई पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो।

सर्वोच्च अदालतले उनलाई सशर्त विदेश भ्रमणका लागि अनुमति पनि दिएको थियो। कार्कीको इजलासमा तेस्रो नम्बरमा सन्दीपको मुद्दाको पेशी रहेको छ। 

यो मुद्दाको अन्तिम सुनुवाइ पहिलो पटक महिला न्यायाधीशको इजलासमा परेको हो।
 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ११ : ३१ बजे