‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जानौं पुरुषले खालीपेटमा लसुन खाँदा के सम्म हुन्छ ?

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्‍याउँछ ।

लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ । साथै, लसुनमा पाइने सेलिनियमले पुरुषको प्रजनन क्षमता विकास गर्दछ ।

यो एन्टीब्याक्टेरियल गुणले पनि भरिपूर्ण हुन्छ जसले सास र मुखको दुर्गन्ध हटाउन सहयोग गर्दछ ।

भारतका एक प्राध्यापक डाक्टर अरुण दधिचले लसुनका विभिन्न फाइदाबारे जानकारी दिएका छन् । लसुनमा पाइने प्रोटिनले शारीरिक सुगठनमा सहयोग पुर्‍याउँछ ।

यसमा कार्बोहाइड्रेट पाइन्छ जसले शरीरबाट कमजोरी हटाउँछ । यसले शरीरलाई ऊर्जावान राख्न समेत सहयोग पुर्‍याउँछ ।

लसुनमा पाइने क्याल्सियमले हड्डी बलियो बनाउँछ । यसमा पाइने एलिसिनले फ्याट बर्निङ प्रक्रियामा सहयोग गर्छ । तौल नियन्त्रण गर्न पनि लसुन एकदमै फाइदाजनक छ ।

लसुनमा पाइने फाइबरले कब्जियत र पेटको समस्या हटाउँछ । पुरुषका लागि फाइदाजनक अर्को के छ भने यसमा पाइने सेलेनियमले प्रजनन क्षमता बढाउँछ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  २ : २९ बजे