दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

श्रीकृष्णबारे केही रोचक तथ्यहरु

काठमाडाैँ । भगवान श्रीकृष्णको बारेमा धेरै विषयहरु छन् । हिन्दु देवी देवताहरुमा श्रीकृष्णको स्थान विशेष छ । हिन्दू धर्ममा यदि भगवानहरुमा कसैको अवतारको बारेमा सबैभन्दा धेरै चर्चा कृष्णको हुने गरेको छ । आज धेरै कृष्ण जन्माष्टमी विशेष रुपमा मनाइन्छ ।

श्रीकृष्णको बारेमा आज हामी यस्तो कुरा बताउँछौ जुन कुरा हामी मध्ये धेरैलाई थाहा नहुन पनि सक्छ।

हिन्दु धार्मिक ग्रन्थका अनुसार भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भएको हो। यो हिसाबले श्रीकृष्णको जन्म कलियुगको आगमन भन्दा ५०० देखि १ हजार वर्षको बिचमा भएको हो । 

हिन्दु पञ्चाङ्गका अनुसार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५१०० वर्ष तोकिएको छ। भगवान् श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरावासी वसुदेवकी धर्म पत्नी देवकीको गर्भबाट राजा कंसको कारागार भित्र भएको थियो। देवकी राजा कंसकी बहिनी थिइन्। उनीहरू दुवै भाइ बहिनीहरू तत्कालीन मथुराका राजा उग्रसेनका सन्तान थिए।

कृष्णको जन्म जेलमा भएको हो । भाद्र कृष्ण अष्टमीको आधा रातमा जेलमा आठौँ गर्भ जन्माउनका लागि थुनिएकी देवकीबाट उनको जन्म भएको हो । तर उनको गर्भलाई सामान्य गर्भ मानिँदैन ।  बुद्धकी आमा मायावतीले बुद्ध गर्भमा आउनु अघि सेता हात्ती मुखबाट शरीर भित्र प्रवेश गरेका देखेकी थिइन् । श्रीकृष्णको जन्म हुनु धेरै अघि आठौँ गर्भको रूपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ । आठौँ गर्भ ज्यादै विशेष भएकोले सातौँ गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर पछि त्यस गर्भलाई ईश्वरीय विधिले रोहिणीको गर्भमा बलरामको रूपमा स्थानान्तरण गरिएको थियो । कृष्णलाई यशोदाको गर्भको बालिकासँग साटिएको थियो । वास्तविक जन्मको रूपमा कृष्णलाई आठौँ गर्भ भन्न मिल्दैन तर एउटी बालिकाको बलिदान समेतलाई हिसाब गर्दा उनी आठौँ नै हुन्छन् । यसरी भगवान् कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए । उनले जन्म लिनु अघि देवकी र वसुदेवलाई चतुर्भुज स्वरूपमा दर्शन दिएको कथा भागवतमा उल्लेख छ ।

जन्म हुनासाथ आमाको दूध मुखमा राख्न नपाइ छुट्टिनु परेको घटनालाई ध्यान दिने हो भने कुनै पनि दूध खाने बालकलाई यो भन्दा दुर्भाग्यको घटना अर्को हुन सक्दैन । जुन बालक जन्मनु अघि असुरक्षित छ र जन्मी सकेपछि पनि निरन्तर असुरक्षित छ उसको जीवनको सङ्घर्षको जटिलतालाई शब्दमा बयान गर्न सकिँदैन । जीवनका भयङ्कर असुरक्षित क्षणहरूलाई नाचेर, गाएर, अत्यन्त हलुका रूपमा लिएर, अर्काको घरमा आफ्नो घरमा भन्दा प्रिय वातावरण बनाएर हुर्कने बच्चाको असाधारण क्षमतालाई सामान्य मानवको आँखाले हेर्न सकिँदैन ।श्री कृष्णको गुरु सन्दीपनि थिए, श्रीकृष्णले गुरु सन्दीपनिलाई उनको मरेको छोरा गुरु दक्षिणाको रुपमा दिएका थिए ।

श्रीकृष्णबारे केही राेचक तथ्य 

१.श्रीकृष्णले देवकी को ६ वटा बच्चाहरु फिर्ता बोलाएका थिए । कृष्णले नै वासुदेव र देवकीसँग सबै मरेका बच्चाहरुको भेट गराएका थिए । ती ६ बच्चाहरु हिरण्यकश्यपको नाती थिए र एक श्रापमा परेका थिए ।

२.गोकुलमा वर्षौदेखि भगवान इन्द्रको पुजा गरेर पानी पर्ने विश्वासमा थिए । तर बलराम र कृष्णले इन्द्रको पुजाको विरोध गरेर हलो बोकेर खेतमा गए । इन्द्र रिसाएर अत्यधिक आकाशबाट पानी पारीदिए । तर कृष्णको बृद्धि र कौशलद्धार द्धारा गो–गोपिनी, गाई आदीको रक्षा गरे । यसकारण इन्द्रको पुजाको स्थानमा गोवर्धन पुजाको स्थापना गरेका थिए ।

३.द्रौपदी चीरहरणको समयमा श्रीकृष्णले सारी बढाइदिएका थिए । उनले सारी बढाउनुको कारण शिशुपालको हत्या गर्दा सुर्दशन चक्रले कृष्णको औला काट्दा रगत बग्दै गर्दा द्रौपदीले औलामा सारीको टुक्रा च्यातेर बाधिदिएकी थिइन् । कृष्णले तिम्रो या गुण तिर्छु भनेका थिए ।

४.श्री कृष्णको १० हजार १ सय ८ गोपिनी थिए । जसमा ८ जना उनकी रानी थिए । ८ रानीका जम्मा ८० बच्चा थिए । रुक्मणीलाई लक्ष्मीको अवतार मानिएको छ ।

५.श्री कृष्ण र बलरामको बहिनी सुभद्रा थिइन् । सुभद्रा वासुदेव र रोहिणीको छोरी हुन् । बलरामले उनको विवाह दुर्योधनसँग गराउन चाहेका थिए अरुले भने तयार थिएनन् । श्रीकृष्णले सुभद्रा र अर्जुनलाई अपहरण सल्लाह दिएका थिए ।

६.श्रीकृष्णको साथमा राधाको नाम प्राय जोडिन्छ तर कुनै पनि धर्म ग्रन्थमा राधाको बारेमा बताइएको पाइदैन ।

७.एकलव्य जसले द्रोणाचार्यलाई आफ्नो औला गुरु दक्षिणमा काटेर दिएका थिए । उसको सम्बन्ध कृष्णसँग थियो । कृष्णका काकाको छोरा थिए एकलव्य । एकलव्य जंगलमा हराएका थिए र हिरण्यधनुले भेट्टाएका हुन् ।

८.कृष्णले रणभुमिमा अर्जुनलाई मात्र गीताको सार सुनाएका थिएनन् । अर्जुनको साथमा हनुमान र सन्जयले पनि गीताको सार सुनेका थिए । गीता सन्ने समयमा हनुमान अर्जुनको साथमा थिए भने सन्जयले आफ्नो दिव्य दृष्टिले गीताको सार सुनिरहेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १ : १० बजे