काठमाडौं – मंगलबार राती साढे १ बजे त्रिशूली नदीमा कार खसेको छ।
सिमराबाट काठमाडौं आउँदै गरेको ना४च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको हो ।
प्रहरीका अनुसार उक्त कारमा चालक मात्रै रहेको बुझिएको छ । कारका चालक बारा जिल्ला सिमरा उपमहानगर–११ का २३ वर्षीय प्रविण गौतम हाम फालेर बाँच्न सफल भएका छन् ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १ : ०४ बजे
प्रतिक्रिया