‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

करणी गरेको आरोपमा डाक्टर पक्राउ

मकवानपुर – पुर्व कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा हेटौंडाका एक डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको हेटौंडा सिटी अस्पतालका संचालक एवं फिजिसियन डाक्टर बसिम राईलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालले बताउनुभयो ।

काठमाण्डौं बुढानिलकण्ठ-१० स्थायी घर भएका राई लामो समयदेखि हेटौंडामा अस्पताल संचालन गर्दै आएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ११ : ३८ बजे