‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मेयर साइकल दौड’को उपाधि वालिङका मेयर खाँडलाई   

कास्की  । पोखरा महानगरपालिकाको आयोजनामा नयाँ वर्ष– २०७८ को अवसरमा बुधबार  पोखरामा सम्पन्न ‘मेयर साइकल दौड’ प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिकाका प्रमुख दिलीपविक्रम खाँडले प्रथम स्थान हासिल गर्नुभएको छ ।    
    
पोखराको पर्यटकीय क्षेत्र हल्लनचोकबाट शुरु भएको चार किमी निर्धारित दौडको दूरी १५ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै खाँडले उपाधिसहित १० तोला चाँदीको पदक जित्न सफल हुनुभयोे ।    
    
यसैगरी हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले निर्धारित दूरी १५ मिनेट ८८ सेकेण्डमा पार गरी द्धितीय र कास्कीको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले १६ मिनेट ४८ सेकेण्डमा दूरी पार गरी तृतीय बन्न सफल हुनुभयो ।    
    
द्धितीय र तृतीयले क्रमशः आठ र सात तोला चाँदीको पदक पुरस्कार स्वरुप प्राप्त गर्नुभएको थियो ।

विजयी खेलाडीलाई महानगर प्रमुख मानबहादुर जिसीले पुरस्कार प्रदान गर्नुभएको थियो । हल्लनचोकबाट शुरु भएको दौड बाराही चोक–राष्ट्र बैंक–सिर्जना चोक–सभागृह चोक हुँदै सभागृह हल परिसरमा पुगेर समापन गरिएको थियो ।    

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ८ : ५९ बजे