दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

माओवादी सांसदको माग– गाई/गोरु काटेर खान पाउनुपर्छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले गाई/गोरु काटेर खान पाउने कानुन बनाउन माग गरेकी छिन् । 

मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले आफ्नो संस्कृतिअनुसारको पर्व मनाउन गाई/गोरु काटेर खान पाउने कानुन बनाउन माग गरेकी हुन् । 

सांसद राइले लिम्बूको संस्कृति मनाउनका लागि गोरुको हड्डी चढाउनुपर्ने परम्परा रहेको भन्दै त्यस्ता संस्कृति मनाउनेहरूका लागि गाई/गोरु बध गर्न पाउने कानुन बनाउन माग गरिन् । 

उनले राज्यको कुनै धर्म नहुने बताउँदै नेपालको राष्ट्रिय जनावर नै परिवर्तन गर्नपनि माग गरेकी छिन् । 
 

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ४ : ३७ बजे