भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

६० किलो सुन प्रकरणमा तानिए पूर्वउपराष्ट्रपतिका छोरा,सीआईबीले लियो बयान

काठमाडाैँ । त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० केजी सुन तस्करीमा संलग्नताको आशंकामा नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबी​ले दीपेशसँग सोमवार बयान लिएको हो ।

‘दावासँगको कनेक्सन र अन्य सूचनाका आधारमा दिपेशसँग बयान लिइएको हो,’ प्रहरी उच्च स्रोतले लोकान्तरसँग भन्यो । सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा १०० जनाको सूची बनाएर अनुसन्धान गरिरहेको छ ।

दीपेशसँग ४ घण्टा बयान लिइएको प्रहरी उच्च स्रोतले लोकान्तरलाई बतायो । सुन तस्करी प्रकरणमा दिपेशको नाम जोडिएसँगै उनीमाथि अनुसन्धान गर्न माओवादी पंक्तिमा दबाब परेको थियो । पुन माओवादी केन्द्रनिकट विद्यार्थी संकगन अखिल क्रान्तिकारीका नेता हुन् ।  

ठमेलमा होटल सञ्चालन गर्दै आएका छिरिङ साउन १४ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  २ : ३० बजे