‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कोशी सरकारविरुद्धको रिट : मुख्यमन्त्री थापाको तर्फबाट बहस हुँदै

काठमाडौं । कोशी प्रदेश सरकार र मुख्यमन्त्री उद्धव थापा विरुद्ध सर्वोच्चमा परेको रिट उपर आज पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतको पूर्ण इजलासमा सोमबारबाट सुरु भएको सुनुवाइ हिजो हेर्दाहेर्दैमा सकिएको छ । सोमबार रिट निवेदक नेकपा एमाले संसदीय दल कोशी प्रदेशका नेता हिक्मतकुमार कार्कीको पक्षबाट बहस सकिएको छ ।आज पुनः रिट निवेदकका विपक्षीहरूको तर्फबाट सुनुवाइ हुनेछ । रिटमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेशसभा सचिवालयसहित विश्वासको मत लिने दिन प्रदेश सभा बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरी र गीता तिम्सिनालाई विपक्षी बनाइएको छ ।

विपक्षीका तर्फबाट बहस गर्न २० जना कानुन व्यवसायीहरुको सूची रहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १२ : ५८ बजे