सुनको मूल्यमा नयाँ कीर्तिमान

जब भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाइदिए…

काठमाडौँ। ह्याप्पी ड्रेसिङ रुममा नेपाली खेलाडीहरूलाई भारतीय खेलाडी र प्रशिक्षकले मेडल लगाइदिएका दिएका छन् ।

सोमबार भएको एसिया कपअन्तर्गत नेपाल र भारतको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरूलाई मेडल प्रदान गरेको हो ।

हिजोको खेल वर्षाले प्रभावित हुँदा नेपाल भारतसँग डकवर्थ लेविस(डिएलए) पद्धतिको आधारमा १० विकेटले पराजित भएको थियो । नेपाली टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले खेलमा हार जित जे भएपनि उत्कृष्ट प्रदर्शन गर्नेलाई ह्याप्पी ड्रेसिङ रुममा मेडल प्रधान गर्दै आएका छन् । हारको बेलामा पनि उनीहरूलाई हौसला प्रधान गर्न उत्कृष्ट खेलाडीलाई मेडल प्रधान गर्दै आएको छ ।

हिजो खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई भारतका खेलाडी र प्रशिक्षकबिच मेडल प्रधान गरिएको थियो । सोमपाल कामिलाई भारतका अलराउण्डर हार्दिक पाड्याले मेडल लगाइदिएका थिए ।

उनले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । यस्तै अर्धशतक बनाएका ओपनर आसिफ शेखलाई विराट कोहलीले मेडल लगाइदिए । उनले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिएका थिए ।

त्यसैगरी, फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरीलाई भारतीय प्रशिक्षक राहुल द्रविणले मेडल प्रधान गरे । ३१.५ ओभरमा १४४–६ को अवस्थामा पुगेको नेपाललाई सातौँ विकेटका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रनको आँकडा पार गराएका थिए ।

एसिया कपमा समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । नेपाल भने जित विहीन हुँदै बाहिरिएको छ ।

नेपालले अव सेप्टेम्बर अन्तिममा चीनमा गएर १९ औँ एसियाली खेलकुद र नोभेम्बर पहिलो साता घरेलु मैदानमा टी–२० विश्वकप छनोट एसिया खेल्दैछ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १२ : १९ बजे