सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतविरुद्ध खेलाडीको प्रदर्शनमा धेरै खुसी छु : कप्तान पौडेल

काठमाडौँ । नेपालका कप्तान रोहित पौडेलले विश्व क्रिकेटका दुई उत्कृष्ट ब्याटर विराट कोहली र रोहित शर्मासँगको कुराकानी उत्साहजनक भएको बताएका छन् ।

भारतविरुद्धको खेलपछि विराट कोहली र रोहित शर्मासँग कुराकानी भएको बताउदैै कप्तान पौडेलले भने ‘खेलपछि रोहित शर्मा र विराट कोहलीसँग कुराकानी भयो । छोटो कुराकानी तर उत्साहजनक थियो’।

कप्तान रोहितले नेपालको प्रदर्शनबाट धेरै खुसी रहेको बताए । ‘समग्रमा आजको प्रदर्शनबाट म धेरै खुसी छु । विशेषगरि ब्याटरबाट । ओपनरले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरे । मध्यक्रमका ब्याटरले अझ राम्रो गर्न सक्थे । मेरो बिचारमा २७०-२८० रन राम्रो योगफल हुनसक्थ्यो । समग्रमा खेलाडीको प्रदर्शनमा धेरै खुसी छु’।

रोहितले फिल्डिङमा वर्षापछि सितको कारणले बलरलाई चुनौती रहेको बताए । ‘बलिङमा हाम्रो योजना सामान्य थियो । गुड ऐरिया र लेन्थमा गर्ने योजना थियो । सीतको कारण बलरलाई साँच्चै चुनौती थियो । भारतका रोहित शर्मा र शुभमन गिलले राम्रो प्रदर्शन गरे’, उनले भने ।

नेपालले अव सेप्टेम्बर अन्तिममा १९ औं एसियाली खेलकुद र नोभेम्बर पहिलो साता टि-२० विश्वकप एसिया छनोट खेल्दैछ । रोहित ५० ओभरबाट टि२० शैलीमा जान खेलाडी तयार भएको बताएका छन् । उनले भने, ‘अव एसियन खेलकुद र टि-२० विश्वकप फरक खेलको फम्र्याट हुन् । ५० ओभरबाट २० शैलीमा जानुपर्छ । व्यवसाहिक खेलाडी भएपछि त्यसको लागि तयार हुनुपर्छ । १०/१५ दिनको समय छ । हामी तयार हुनेछौं’ ।

सोमबार भएको खेल वर्षाले प्रभावित हुदा नेपाल भारतसँग डकवर्थ लेविस(डिएलए) पद्धतिको आधारमा १० विकेटले पराजित भएको थियो । समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् भने नेपाल जित विहीन हुँदै बाहिरियो ।नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ११ : ३५ बजे