सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतसँग पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो

काठमाडौँ – एसिया कप २०२३ मा भारतसँग १० विकेटको पराजय भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ।

सोमबारको खेल वर्षाका कारण बीचमै अवरुद्ध भएपछि डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको थियो । भारतले कुनै विकेट नगुमाई २०.१ ओभरमा लक्ष्य पूरा गरेको थियो । 

हिजो भएको खेलमा भारतको जितका लागि कप्तान रोहित शर्माले ५९ बलमा ७४ र शुभमन गिलले ६२  बलमा ६७ रन जोडेका थिए । 

यसअघिकाे पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ६ : १४ बजे