सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतविरुद्ध नेपालको मध्यम सुरुवात

काठमाडौँ । जारी एसिया कपमा नेपालले भारतविरुद्ध मध्यम सुरुवात गरेको छ ।

श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियम भएको टस  हारेर ब्याटिङ को निम्तो पाएको नेपालले पावर प्लेमा एक विकेट गुमाएर ६५ रन बनाएको छ ।

नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको छ । भुर्तेल तीन चौका र दुई छक्का प्रहार गर्दै ३८ रन बनाएर आउट भए ।

अहिले क्रिजमा आसिफ शेख र भिम सार्की रहेका छन् । आसिफले ४० बलमा ४ चौकाको सहयोगमा २३ रन बनाएका छन् ।

ताजा स्थितीमा नेपालले १२ ओभरमा एक विकेट गुमाएर ६७ रन बनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ४ : २१ बजे