दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

वीर अस्पतालको छैटौं तलाबाट हाम फाल्दा एक पुरुषको मृत्यु

काठमाडौँ   वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ ।

अस्पतालको सीसीटीभी फुटेजमा उनी आइतबार राति २ बजेतिर भवनबाट खसेको देखिएको छ ।

अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार अन्दाजी ४० वर्षका मृतक पुरुषको हालसम्म पहिचान भएको छैन । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

मिश्रका अनुसार ती पुरुषले आफूलाई बिरामीको कुरूवा भन्दै अस्पताल प्रवेश गरी छैटौं तलामा रहेको खुला स्थानबाट हामफालेको देखिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १२ : ४७ बजे