काठमाडौं । एसिया कप क्रिकेट हेर्न जनकपुरका विद्यालय दिउँसो २ बजेपछि छुट्टि दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै दिउँसो २ बजेदेखि एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न उपमहानगरभित्र पर्ने सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ।
यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि उपमहानगरपालिकाले दिउँसो २ बजेपछि विद्यालय बन्द गरेको थियो ।
श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ।
प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १२ : ०० बजे
प्रतिक्रिया