काठमाडौँ – ललिता निवास जग्गा हिनामिना प्रकरणमा आजदेखि प्रतिवादीको थुनछेक बहस सुरु हुने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार आज चिया ब्रेकपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुने भएको हो ।
जिल्ला अदालत काठमाडौँमा सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ ।
अघिल्लो आइतबार सरकारी वकिलले सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३१० जनाविरुद्ध मुद्दा दायर गरेका थियो ।
पक्राउ परेकाहरूको सोमबार, मंगलबार, बुधबार र शुक्रबार बयान भएको थियो । उनीहरूको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको हो ।
प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ८ : ०७ बजे
प्रतिक्रिया