दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चित्तलको ३० किलो मासुसहित एक जना पक्राउ

नेपालगन्ज । बाँकेबाट प्रहरीले ३० किलो जंगली जनावर चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटोमा राखेर ल्याउँदै गरिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो चालकलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो ।

अटोको डिक्कीमा लुकाईछिपाई नेपालगन्ज ल्याउन लागिएको अवस्थामा राप्तीसोनारी-६ का अटो चालक हरि परियारलाई मासुसहित पक्राउ गरिएको प्रवक्ता डाँगीले जानकारी दिनुभयो ।

पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आबश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  २ : ५६ बजे