दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लागुऔषधसहित चार जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ बा सुन्य दशमलव ०१५ ग्राम लागुऔषधसहित चार जना पक्राउ परेका हुन्।

प्रदेश प्रहरीका अनुसार पक्राउ पर्नेमा डोटीको पूर्वी चौकी गाउँपालिका वडा नम्बर ५ का २७ वर्षिय केशु साहु, डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ७ का २८ वर्षिय  बल बहादुर बुढा क्षेत्री, कञ्चनपुरको वेदकोट नगरपालिका वडा   नम्बर ९ का २६ वर्षिय नविन भट्ट र सोही डाउँका ३० वर्षिय सिद्धराज पनेरु रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी हरेको प्रहरीले बताएको छ।
 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  २ : ५३ बजे