दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

विवाहका लागि स्थानीय तहमा अनिवार्य सिफारिस लिनुपर्ने माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले बालविवाह अन्त्य गर्न विवाह गर्नुअघि केटा र केटी पक्षले अनिवार्य स्थानीय तहबाट सिफारिस लिनुपर्ने गरी  कानुन बनाउन माग गरेका छन् । 

महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले बालविवाह बढ्दै गएको सन्दर्भ उल्लेख गर्दै विवाह गर्नुअघि  स्थानीय पालिका वा वडाबाट उमेर खुल्ने गरी सिफारिस अनिवार्य गर्ने व्यवस्था कानुनी रुपमा गर्न सके बालविवाह अन्त्य हुने विचार व्यक्त गर्नुभयो ।

सांसदहरूले महिला मन्त्रालयले सुत्केरी महिलाको उद्धारका लागि अलग्गै जहाजको व्यवस्था गर्नुपर्ने, बाल सुधार गृहहरूमा नियमित अनुगमन गरिनुपर्ने र ज्येष्ठ नागरिकहरूलाई परिवारमै जीवन यापनको व्यवस्था गरिनुपर्ने लगायतका विचार व्यक्त गर्नुभयो ।  

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले फरक रुपमा बढ्दै गएको बाल विवाह कम गर्न विवाहका लागि सिफारिस मननयोग्य  भएकाले यस विषयमा थप छलफल गरेर निर्णय लिइने बताउनुभयो । 

बैठकमा मन्त्रालयका सचिव सुमनराज अर्यालले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट भइरहेका कार्यक्रम प्रस्तुत गर्नुभयो ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  २ : ४१ बजे