दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

​​​​​​​सल्यानमा बस दुर्घटना : ६ जना घाइते

सल्यान । सल्यानमा आइतबार बिहान भएको बस दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

जिल्लाको बागचौर नगरपालिका १२ बाफुँखोलाबाट दाङ्ग तुलसीपुर जाँदै गरेको रा १ ख २५४१ नम्बरको बस बागचौर नगरपालिका ७ कोटबारा चौफारी नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी बागचौर नगरपालिका ६ चिसापानीकी २५ वर्षीया रन्जना शाह, शोही वडा चौलाबोटका ६० वर्षीय गम बहादुर ओली, मालजुंगाकाी २७ वर्षीया लिला खत्री ओली, कोटबारा बस्ने ६५ वर्षीया तिलसरा विक. र बागचौर नगरपालिका ११ रातामाटाका ६३ वर्षीय विक्रम आली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

शाहको अवस्था भने गम्भीर रहेको र अन्य सामान्य रहेको उहाँको भनाई छ । घाइते सबैको बागचौर स्थित जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

बसमा २६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । बस दुर्घटना हुनुको कारण खुल्न नसकेको र अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ । चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानलाई अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  २ : ३७ बजे