काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको विरूद्वमा परेको रिटको आज सुनुवाई हुँदैछ ।
रिट निवेदनको पेशी न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ ।
यसअघि शुक्रबार हेर्न नमिल्नेमा परेको रिटको सुनुवाई आज हुन लागेको हो ।
मुख्यमन्त्री उद्वव थापाले सभाध्यक्षको समेत मत प्रयोग गरेको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।
प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार ११ : १० बजे
प्रतिक्रिया