दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

काठमाडौंमा बसको ठक्करले एकको मृत्यु

काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा एउटा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा बा. प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालककाे मृत्यु भएको हो। उनको सनाखत हुन बाँकी छ। दुर्घटनामा सात जना घाइते भएका छन् । 

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

आज बिहान करिब ७ः४५ बजेतिर बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, बागमती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १० : १५ बजे