दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

मेयर बालेनलाई पुत्रीलाभ ,दर खान हाेइन अस्पताल गएको खुलासा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।

विवाह गरेको ५ वर्षपछि मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए ।

हिजाे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको गाडी रोकेको विषयलाई लिएर सिंहदरबार जलाउने धम्कीसहित चोर सरकार भनेको विषयले यत्तिखेर सामाजिक संजाल तातेको छ । 

श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएको विषय  चर्चामा रहिरहँदा उता बालेन साहलाई भने पुत्री लाभ भएकाे हाे  । 

‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।' भन्दै उनले लेखेको स्ट्याटसको अहिले आलोचनासमेत भईरहेको छ । कतिपयले उनी श्रीमतीसँग दर खान हिंडेकाले प्रहरीले रोकेकोसमेत दाबी गरेका थिए। तर बालेन र उनकी पत्नी शनिबार बेलुकी अस्पताल गएको र सो बेला बालेनकी पत्नी प्रसव पीडामा रहेको खुलासा भएको छ ।
बालेनपत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएको उनको परिवार स्रोतले पुष्टी गरेको छ । 

यसो त प्रहरीले उनलाई शनिबार सरकारी गाडी किन चलाएको र यसको अनुमति छ कि छैन भनेर सोधेको भने हो । सरकारी गाडी रोकेर कहाँको गाडी, गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरेको चेकिङमा खटिएका प्रहरीको भनाई छ । तर बालेन, उनकी श्रीमतीसहित अन्य केहि एमरजेन्सी रुपमा अस्पताल हिंडिरहेको थाहा भएपछि गाडी छोडिएको ती प्रहरीको भनाई छ । 'गाडी केहि स्पीडमा थियो । सरकारी गाडी रोकेर सोधखोज गर्दा ड्राइभरले महानगरको गाडी हो, अस्पताल हिँडेको भन्ने जानकारी दिए । त्यसपछि हामीले छोडिदियौं ।' ती प्रहरीले भने ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : ४५ बजे