‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

चोर सरकार, सिंहदरबार जलाइदिन्छु : मेयर साह

​​​​​​​काठमाडौँ – ट्राफिक प्रहरीले बिदाको दिन सरकारी नम्बर प्लेटको गाडी रोकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन्।

शनिबार मेयर बालेनकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले कोटेश्वरमा रोकेपछि बालेन साहले  सिंहदरबार जलाइदिने स्टाटस सामाजिक सञ्जालमा लेखेका हुन् ।

हिजो राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेपछि बालेनले सिंहदरबार जलाइदिने धम्की दिनुका साथै सरकारलाई ‘चोर’समेत भनेका छन् । ट्राफिक प्रहरी अनुसार महानगरको सेतो प्लेटको उक्त गाडीमा मेयर साहकी पत्नी चढेकी थिईन।

बिदाको दिन सरकारी गाडी तीव्र गतिमा चलाएको देखेपछि ट्राफिक प्रहरीले ३ मिनेट रोकेर कागजात मागेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ६ : १९ बजे