दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

अध्यक्ष ओली पत्नी राधिकाले मानवसेवा आश्रममा जन्मदिन मनाउनु भयो

भैरहवा – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले भैरहवाको मानवसेवा आश्रममा जन्मदिन मनाउनु भएको छ।

शनिवार अध्यक्ष ओली र राधिका शाक्यले भैरहवाको मानव सेवा आश्रममा पुगेर जन्मदिन मनाउनु भएको हो। शाक्य मानवसेवा आश्रमको संरक्षकसमेत हुनुहुन्छ ।

अध्यक्ष ओलीले पत्नीलाई जन्मदिनको शुभकामना दिँदै भन्नुभयो, ‘मलाई सबैभन्दा नजिकबाट बुझ्ने साथी हुन् राधिका। आज उनको जन्मदिन । भैरहवाको मानव सेवा आश्रममा उनको जन्मदिन पनि मनाइयो । जन्म दिनको शुभकामना राधिका !’

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ६ : ०६ बजे