सुनको मूल्यमा नयाँ कीर्तिमान

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल स्थगित

एजेन्सी । एकदिवसीय एसिया कप २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको खेल स्थगित भएको छ । श्रीलंकाको क्यान्डीमा जारी खेलमा वर्षा भएपछि खेल अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

भारत ब्याटिङमा छ । भारत ४.२ ओभरमा विकेट नगुमाई १५ रनको स्थितीमा छ । भारतका कप्तान १८ बलमा ११ रनसहित क्रिजमा छन् । यस्तै उनलाई साथ दिएका शुभमन गिलले खाता खोल्न सकेका छैनन् ।

टस जितेर भारतले पहिले ब्याटिङ रोजेको हो । भारतको जारी एसिया कपमा पहिलो खेल हो भने पाकिस्तानको यो दोस्रो खेल हो । पाकिस्तानले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ३ : ५४ बजे