दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते

पाल्पा । पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो। सालझन्डीबाट गुल्मीको दिगाम आउँदै स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिनुभयाे ।

दुर्घटनामा ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था मध्यम रहेको छ। ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दुर्घटनामा परेर घाइते भएका सबैलाई उपचारको लागि पाल्पास्थित  लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।

स्कार्पियो ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको छ। 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १ : २५ बजे