देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

इसरोद्वारा सौर्य मिसन प्रक्षेपण

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिवार बिहान भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्री हरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आदित्य एल–१ प्रक्षेपण गरिएको हो ।

यो यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ । आदित्य एल–१  सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।

यो अन्तरिक्ष यान वास्तवमा सूर्यको नजिक जानेछैन ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १२ : २८ बजे