दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

बुटवलमा गोरक्षाको माग गर्दै शान्ति र्‍याली

​​​​​​​रुपन्देही । शनिबार बिहान बुटवलमा गोरक्षा बृहत् शान्ति र्‍याली निकालिएको छ । गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर भन्ने नारासहित बुटवलको राजमार्ग चौराहाबाट ¥याली निकालिएको हो ।

¥याली बुटवलको मिलनचोक, बसपार्क, अस्पताल लाइन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा हिन्दु धर्मका अगुवाहरूले गाई मारेर खानेहरू कहिल्यै हिन्दु हुन नसक्ने भन्दै सरकारले त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने बताएका थिए ।

कोण सभामा बोल्दै विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले हिन्दु विरोधीहरू होसियार रहन आग्रह गर्नुभयो। साथै उहाँले गौहत्या बन्द गर्न र देशलाई हिन्दु राष्ट्र कायम गर्न मागसमेत गर्नुभयो । गाई संरक्षणमा लागेका बाबा योगीराजले गाईको संरक्षणबिना हिन्दुको संरक्षण नहुने बताउनुभयो ।

 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १२ : २१ बजे