‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ नेपालले आज देशभर प्रदर्शन गर्ने

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मूल्यवृद्धिको विरोधमा आज प्रदर्शन गर्ने भएको छ।

युवा संघ नेपालले आज साँझ ६ बजे देशभर एकैपटक जुलुस गरी मूल्यवृद्धिको विरोध गर्न लागेको युवासंघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। दैनिक रुपमा मूल्यवृद्धि भएको भन्दै अब युवा संघ चुप लागेर नबस्ने उनले बताए।

पेट्रोलियम पदार्थ र अन्य दैनिक उपभोग्य सामानको चर्को मूल्यवृद्धिवरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गर्न लागेको हो।

काठमाडौं जिल्लामा पनि साँझ ६ बजे नयाँ बानेश्वरमा प्रदर्शन गरिने युवा संघका नेता निरोज पौड्यालले जानकारी दिए। जनतालाई समस्या पर्ने गरि मूल्यवृद्धि गर्दा पनि सरकारमा रहेका मौन रहेकाले विरोधमा उत्रनुपरेको उनको भनाई छ। 

बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले ग्यासको मूल्य पनि २३५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि गरेको छ। 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १२ : ०० बजे