‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ

काठमाडौँ । नेपालले तीन वर्षअघि जारी गरेको भौगोलिक नक्सालाई नेपालका छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको बताएको छ। 

‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार विश्वास गर्छ ।’ मन्त्रालयले विज्ञप्ति निकाल्दै भनेको छ ।

साथै, नेपालले कुनैपनि सीमाको विषय संवाद र कूटनीतिक तवरबाट टुंगो लगाउने पनि परराष्ट्रले बताएको छ। 

चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश छैन ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ९ : २८ बजे