दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

पत्रकार महासंघ काठमाडौं शाखामा चौतारीकाे ताला

काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखामा प्रेस चौतारी नेपाल काठमाडौँ शाखाले ताला लगाएको छ ।

महासंघले नयाँ सदस्यता वितरणमा विभेदकारी भूमिका खेलेका भन्दै प्रेस चौतारीले शुक्रबार ताला लगाएको हो । 

चौतारीमा आवद्ध भएकाहरुको सदस्यता छानीछानी काटेको उनीहरुको आरोप छ । आन्दोलनको पहिलो चरणमा खबरदारी स्वरुप ताला लगाएको चौतारीले जनाएको छ । 

पत्रकारिता क्षेत्रमा क्रियशिल रहेका पत्रकारहरूलाई अपमानजनक ढङ्गले सदस्यबाट वञ्चित गर्ने महासंघको निर्णय षड्यन्त्र र प्रतिशोधपूर्ण रहेको चौतारीले जनाएको छ । 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  २ : २८ बजे