देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ह्याकरहरूको विश्वकपमा नेपाली टोली सेमिफाइनलमा

काठमाडौं । नेपाली ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

ह्याकरहरूको सबैभन्दा ठूलो प्रस्तिस्पर्धा मध्येको यो प्रतियोगितामा नेपाली ह्याकरको टोली अमेरिकालाई पछि पार्दै सेमिफाइनल पुगेको हो । भर्चुअल माध्यममार्फत् भएको यस प्रतियोगितामाअमेरिकालाई हराउँदै  नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस प्रतियोगिता विश्वभरका ह्याकरहरूको टोलीले तोकिएको समयमा जुन टोलीले धेरै कमजोरी (बग) फेला पार्छ, सोही टिमले अङ्क प्राप्त गर्छ । जुन टोलीले सबै भन्दा बढी अङ्क पाउँछ उसैलाई विजेता घोषित गरिन्छ ।

मार्च १३ देखि सुरु भएको यो प्रतियोगितामा नेपालले भारत र पाकिस्तानलाई हराउँदै शीर्ष १६ मा पुगेको थियो । 

नेपालले अब स्पेनसँग सेप्टेम्बर २६ देखि अक्टोबर १० सम्म प्रतिस्पर्धा गर्नेछ । फाइनल प्रतिस्पर्धामा स्थान सुरक्षित गर्न  नेपालले स्पेनलाई हराउनु पर्ने हुन्छ ।

हाल उक्त प्रतियोगितामा नेपालका २६ जना ह्याकरहरूले सहभागिता जनाएका छन् । 

 

 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  २ : ०० बजे