दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

भोली काठमाडौं र ललितपुरमा दिनभर विद्युत कटौती हुने

काठमाडौं। भोली काठमाडौं र ललितपुरको केन्द्र भागमा बत्ति जाने भएको छ । 

नेपाल बिधुत प्राधिकरणले ललितपुरसहित  काठमाडौंमा भोलि दिनभर नै विद्युत कटौती गर्ने भए पछि काठमाडौंको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो । 

प्राधिकरणका अनुसार भोलि शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुन सक्नेछ ।

टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रवाट हुने बिधुत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ  ६ः३०  बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १० : ०७ बजे