आज काठमाडौँका यी स्थानहरुमा ​​​​आवागमन निषेध

​​​​​​​काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आज विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जनाएको छ । एक सूचना जारी गर्दै महानगरले काठमाडौँका विभिन्न स्थानमा सवारी आवागमन निषेध गर्ने जनाएको हो ।

महानगरले असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने जानकारी दिएको छ।

महानगरले गुँलागा दुतिया पर्वका कारण उक्त सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने  जनाएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ८ : ०८ बजे