हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

हाम्रा चाडपर्वहरूमा फाटिएका मनलाई पुनः जोड्ने विशेषता छ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा मनाइने विभिन्न चाडपर्वहरूले नेपालीहरू बिचको आपसी प्रेम, सद्भाव र भातृत्वलाई अझै प्रगाढ बनाउने बताउनुभएको छ ।

 जनै पूर्णिमा, रक्षा बन्धन र गाईजात्राको अवसरमा एक शुभकामना सन्देश व्यक्त गर्नुहुँदै उहाँले फरक नाम र फरक महत्वका साथ मनाइने यी पर्वहरूको साझा लक्ष्य नेपाली-नेपाली बिचको आपसी सद्भावलाई थप बलियो बनाउने रहेको उल्लेख गर्नुभएको छ । 

पूर्व राष्ट्रपति भण्डारीले विविध संस्कृति र परम्पराले नेपालीहरुबीच आपसी प्रेम, सद्भाव र भ्रातृत्वलाई प्रगाढ बनाउने बताउनुहुँदै हाम्रा चाडपर्वहरूमा देश काल र परिस्थितिजन्य परिबन्धमा फाटिएका मनलाई पुनः जोड्ने विशेषयता रहेको  उल्लेख  गर्नुभएको छ । 

जनैपूर्णिमा, रक्षा बन्धन र गाईजात्रा जस्ता पर्वहरूले नेपाली नेपालीबीचको आपसी सद्भावलाई थप बलियो बनाउने बत्ताउनुहुँदै उहाँले  संस्कृति, भाषा, भौगोलिक अवस्थितिको अनेकतालाई चिर्दै हाम्रा महान् चाडपर्वहरूले विश्वभरि रहेका सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्न सकोस्  भन्दै शुभकामना व्यक्त गर्नु भएको छ । 

​​​​​​​

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ८ : ५० बजे