विरगञ्ज, १३ भदौ । पर्सामा टाउको काटिएको अवस्थामा युवतीको शव फेला परेको छ ।
जिराभवानी गाउँपालिका-४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा रहेको ईमृती खोलामा २२ वर्षीया युवतीको शव फेला परेको हो ।
स्थानीयले टाउको नभएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ।
शव सडिसकेको अवस्थामा रहेकोले पहिचान हुन प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार २ : ५६ बजे
प्रतिक्रिया