काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ ।
पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको हो ।
नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो । नेपालले पाकिस्तानबाहेक भारतसँग पनि खेल्ने छ।
पाकिस्तानको मुल्तानमा अपराह्न सुरु हुने खेलमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन्।
प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार २ : ५५ बजे
प्रतिक्रिया