काठमाडौं । एसिया कप क्रिकेट हेर्नका लागि धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बिदा दिएको छ।
उपमहानगरपालिकाले एसिया कप अन्तर्गत नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्नका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ बजेपछि बिदा दिएको हो ।
नेपाली खेलाडीको हौसला बढाउन र विद्यार्थीहरुमा खेलप्रति ऊर्जावान भावना जागृत गराउन विद्यालय बिदा दिइएको उपमहानगरपालिकाले बताएको छ ।आज नेपाली समय अनुसार सवा ३ बजेदेखि नेपाल र पाकिस्तानबीच खेल हुँदैछ ।
प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १ : ५९ बजे
प्रतिक्रिया